एजेन्सी । रेलिगेशन क्षेत्रमा रहेको साल्के ०४ संग बराबरीमा रोकिँएसंगै जर्मन बुडेसलिगामा उपाधि दौडमा रहेको बुरुसिया डर्टमण्डले लिग लिडर ब्रायन म्युनिखसंग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।
सनिवार राति भएको खेलमा डर्टमण्ड साल्केसंग २–२ को बराबरीमा रोकिन पुग्दा म्युनिखसंग अंक बराबर गर्ने अवसरबाट बञ्चित भएको हो ।
भेल्टिन्स एरिना रंगशालामा भएको खेलमा ३८ औं मिनेटमा निको स्लटरबेकको गोलमार्फत डर्टमण्डले खेलमा १–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको ५० औं मिनेटमा मारियोस बुटलरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।
त्यसपछि ६० औं मिनेटमा राफायल गुरेरोले गोल गर्दा पुनः डर्टमण्डलेमा २–१ ले अघि बढ्यो ।
यता, ७९ औं मिनेटमा घरेलु टोलीका केनान कारामानले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
बराबरीसंगै भ्रमणकारी टोली डर्टमण्डको २४ खेलमा ५० अंक भएको छ । यो भनेको लिग लिडर ब्रायन म्युनिखको भन्दा दुई अंकले कम हो ।
साल्के २४ खेलमा २० अंक सहित लिग तालिकाको पुच्छारबाट दास्रो स्थान अर्थात १७ औं स्थानमा रहेको छ ।
गयराति नै भएको अन्य खेलमा जर्मन महारथी ब्रायन म्युनिखले अक्सबर्गमाथि ५–३ को जित निकाल्दा इन्ट्राक्ट फ्र्यांकफ्युटलृे भिएफबी स्टटगार्डसंग १–१ को बराबरी खेले ।
त्यस्तै, आरबी लाइपिजिङले मोग्लाबाचलाई ३–० ले पराजित गर्दा हेर्थ बिएससी र मानिज ०५ ले १–१ को बराबरी खेले ।