
भक्तपुर । बंगलादेशको ढाकामा पुस ७ गतेदेखि ११ गतेसम्म हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल जोन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि नेपाली भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
ढाका जाने टोलीमा धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराँव, विष्णु बस्नेत, सफल बिक, सन्तोष महता, मनीष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ छन् ।
टिमका मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन् । व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ छन् ।
प्रतियो्गितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र किर्गिस्तान गरी चार टोली सहभागी हुँदैछन् ।
ढाका जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए ।