Md Tanzim Hasan Sakib of Bangladesh A during the ACC Men's Emerging Teams Asia Cup 2023 cricket match between Bangladesh A and Oman A at the Singhalese Sports Club, Colombo, Sri Lanka on July 15, 2023. Photo by: Deepak Malik / Creimas / Asian Cricket Council

एजेन्सी । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कप एसिया कपअन्तर्गत समूह ‘ए’ को खेलमा बंगलादेश ‘ए’ ले ओमान ‘ए’ लाई सहजै पराजित गरेको छ ।

सनिवार भएको पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेश ‘ए’ ले एसोसियट राष्ट्र ओमान ‘ए’ लाई सहज रुपमा ८ विकेटले पराजित गरेको हो । ओमानमाथि महत्वपूर्ण जित हात पार्दै बंगलादेश ‘ए’ समूह ‘ए’ को तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।

श्रीलंकास्थित सिंघालेसे स्पोर्ट्स क्लबमा भएको खेलमा १२७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले १६.३ ओभरमा २ विकेट गुमाउँदै १३० रन बनाउँदै ८ विकेटको जित हात पार्यो ।

बंगलादेशका लागि तान्जिद हसनले ४९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रनको अर्धशतकिय पारी खेल्दा मोहम्मद नासिम शेखले ४२ बलमा ७ चौका प्रहार गर्दै ४७ रन बनाएर अविजित रहे ।

त्यस्तै, जाकिर हसनले ६ बलमा २ चौका प्रहार गर्दै ११ रन जोड्दै अविजित रहँदा कप्तान मोहम्मद सैफ शुन्य रनमा पेविलियन फर्किए । बंगलादेशले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

ओमानका लागि अक्विब इलियासले २.३ ओभर बलिङ गर्दै १७ रन दिएर २ विकेट लिए ।

त्यसअघि टस हारेर ओमान पहिला ब्याटिङमा उत्रिएको थियो । ओमानले ४६ ओभर खेल्नेक्रममा अलआउट हुँदै १२६ रन जोड्यो ।

ओमानका लागि आयान खानले ४७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोड्दा शुबो पलले ६४ बल खेल्दै १ चौका मद्दतमा २५ रन जोडे ।

त्यस्तै, शोयब खानले ३९ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किदा कश्यपकुमार प्रजापतिले ५० बलको सामाना गर्दा २ चौका प्रहार गर्दै २२ रन जोडेर आउट भए ।

यता, वासिम अली ६, अहमद फायज बुट ५, मोहम्मद बिलाल ४, विकेटकिपर अब्दुल रौफ २ रनमा आउट हुँदा जे विक्रम ओडेडारा २ रनमा अविजित रहे ।

ओमानका अन्य २ खेलाडी शुन्यमा आउट भए । ओमानले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

ओमानी ब्याट्सम्यानमाथि पूर्णतया हावी रहेको बंगलादेशी बलरहरु मध्येमा तान्जिम हसन सकिबले ९ ओभर बलिङ गर्नेक्रममा २ मेडन राखेर मात्र १८ रन दिएर सर्वाधिक ४ विकेट हात पारे ।

त्यस्तै, रक्कीबुल हसनले १० ओभर बलिङ गर्दा २ मेडन राख्दै ३२ रन खर्चिएर २ विकेट लिँदा मह्मुदुल हसन जोयले ९ ओभर बलिङ गर्नेक्रममा १ मेडन राखेर २१ रन दिँदै २ विकेट लिए ।

यता, रिपोन मण्डल र माहेदी हसनले पनि समान १–१ विकेट हात पारे ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.