एजेन्सी । आसन्न आईसीसी टि–२० विश्वकपको तयारी स्वरुप खेलिएको अभ्यास सिरिजमा बंगलादेशसंग हार बेहोरेतापनि संयुक्त राज्य अमेरिकाले सिरिज जितेको छ ।
सनिवार राति भएको सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा टेस्ट राष्ट्र बंगलादेशसंग १० विकेटले हार बेहोरेतापनि संयुक्त राज्य अमेरिकाले सिरिन २–१ ले जितेको हो ।
त्यसअघि सिरिजअन्तर्गत पहिलो र दोस्रो खेलमा अमेरिका विजयी भएको थियो ।
बंगलादेशका लागि भने जित सान्तोना रह्यो ।
अमेरिकाको हौस्टनस्थित प्राइरेई भ्यु क्रिकेट कम्प्लेक्समा भएको खेलमा १०५ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले ११.४ ओभरमा विना विकेट क्षति १०८ रन जेड्दै जित हासिल गर्यो ।
बंगलादेशको जितमा ओपनर ब्याट्सम्यान तान्जिद हसनले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा अर्का ओपनर सौम्य सरकारले २८ बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडेर अविजित रहे ।
बंगलादेशले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १०४ रन जोड्यो ।
अमेरिकाका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर एन्ड्रेस गोउसले १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा अर्का ओपनर शयान जाहङगिरले २० बल खेल्नेक्रमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कोरे एडरसनले १८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा शाड्ले भान स्चल्कवेकले १७ बल खेल्नेक्रममा १ चौका मद्दतमा १२ रन जोडेर पेविलियन फर्किए ।
यता, मिलिन्ड कुमार ७, जसदिप सिंह ६, नितिश कुमार ३, तथा कप्तान आरोन जोन्स र निसर्ग केतानकुमार पटेल समान २–२ रनमा पेविलियन फर्किदा नोस्थुस केनजिजे १ रनमा अविजित रहे ।
अमेरिकाले अतिक्ति रुपमा ८ रन जोड्यो ।
अमेरिकालाई सस्तैमा समेत्न बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४ ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित मात्र १० रन दिएर सर्वाधिक ६ विकेट लिए ।
त्यस्तै, तान्जिम हसन सकिब, शकिब अल हसन र रिशाद हुसेनले समान १–१ विकेट लिए ।