एजेन्सी । बंगलादेशविरुद्वको टि–२० आई सिरिज भारतले क्लिनस्विप गरेको छ ।

सनिवार राति भएको सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो ।

यसअघि भएको सिरिजअन्तर्गत दुबै खेलमा पनि भारत विजयी भएको थियो ।

भारतको हैदराबादस्थित राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २९८ रनको विशाल विजयी लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर मात्र १६४ रन जोड्न सक्यो ।

बंगलादेशका लागि तौहिद हृदयले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर लिटन दासले २५ बल खेल्दै ८ चौका प्रहार गरेर ४२ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तान्जिद हसनले १२ बलमा ३ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा कप्तान नाजमुल हुसेन शान्तोले ११ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए।

यता, तान्जिम हसन सकिब ८ रनमा अविजित रहँदा महमुदुल्लाह ८ र माहिदी हसन ३ रनमा पेविलियन फर्किए ।

बंगलादेशका अन्य २ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।

बंगलादेशले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

बंगलादेशलाई सस्तैमा समेत्दै जित हासिल गर्न भारतका लागि रबि बिस्नोईले ३ विकेट लिँदा मयङ्क यादवले २ तथा वासिन्टन सुन्दर र नितिश कुमार रेड्डीले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले विष्पोटक पारी खेल्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर २९७ रनको विशाल योगफल तयार गर्यो ।

यो योगफल टि–२० फम्र्याटमा टेस्ट राष्ट्रको हालसम्मकै उच्च स्कोर हो ।

भारतका लागि ओपनर ब्याट्सम्यान सन्जु स्यामसनले ४७ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै १११ रनको शतकिय पारी खेल्दा कप्तान सुर्यकुमार यादवले ३५ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, हार्दिक पाण्डेयाले १८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोड्दै आउट हुँदा रियान परागले १३ बल खेल्नेक्रममा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

यता, रिंकु सिंह ८ र वासिन्टन सुन्दर १ रनमा अविजित रहँदा अभिषेक शर्मा ४ रनमा पेविलियन फर्किए ।

भारतले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

बंगलादेशका लागि तान्जिम हसन सकिबले ३ विकेट लिँदा तास्किन अहमेद, मुस्ताफिजुर रहमान र महमुलुल्लाहले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.