एजेन्सी । घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) लाई फराकिलो रनअन्तरले पराजित गर्दै बंगलादेशले १० औं संस्करणको एसीसी यु–१९ एसिया कपको उपाधि जितेको छ ।

आईतवार भएको फाइनल खेलमा बंगलादेशले आयोजक राष्ट्र युएईलाई १९५ रनको विशाल रनअन्तरले पराजित गदैए १९ वर्षमुनीको एसिया कपको उपाधि जितेको हो ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा २८३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको युएई २४.५ ओभरमा अलआउट हुन पुग्दा मात्र ८७ रनमा समेतियो ।

युएईका लागि ध्रुव परासारले ४० बलमा २ चौका प्रहार गर्दै २५ रन जोड्दै अविजित रहँदा अक्शान्त राईले २२ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै ११ रन जोड्दै पेविलियन फर्कियो ।

युएईका अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान आयान अफजल खान ५, विकेटकिपर आर्यान्स शर्मा ९, तानिश सुरी र यायिन किरण राई समान ६–६, इथान दिसुजा र हार्दिक पाईले समान ४–४ र ओमिद रहमानले ३ रन जोड्दै आउट भयो ।

युएईका अन्य २ ब्याट्सम्यान शुन्य अंकमा पेविलियन फर्किए ।

युएईले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

युएईलाई सस्तैमा समेत्दै बंगलादेशलाई उपाधि दिलाउन मारुफ मृद्धा र रोहनात दौल्लाह बोर्सनले समान ३–३ विकेट लिँदा इकबाल हुसेन इमोन र शेख पर्भेज जिवनले समान २–२ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २८२ रन जोड्यो ।

बंगलादेशका लागि विकेटकिपर आशिक्युर रहमान शिब्लीले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै १२९ रनको शतकिय पारी खेल्दै अविजित रहँदा चौधरी एमडी रिजवानले ७१ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, आरिफुल इस्लामले ४० बलमा ६ चौका प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा कप्तान महफुजुर रहमान रब्बीले ११ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किए ।

यता, जिशान आलाम ७, अहरर अमिन ५, मोहम्मद शिहाब जेम्स ३ रन जोडेर आउट हुँदा शेख पर्भेज जिवन १ रनमा अविजित रहे ।

बंगलादेशले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

युएईका लागि आइमान अहमेदले ४ विकेट लिँदा ओमिद रहमानले २ विकेट लिए ।

त्यस्तै, हार्दिक पाई र ध्रव परसारले समान १–१ विकेट लिए ।

एसियाका ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.