एजेन्सी । बंगलादेशमाथि जित निकाल्दै अफगानिस्तान आईसीसी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार विहान भएको सुपर ८ को अन्तिम खेलमा बंगलादेशमाथि ८ रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।

ऐतिहासिक जितसंगै अफगानिस्तानले ग्रुप २ मा ४ अंक जोड्दै समूह उपविजेता बन्यो ।

योसंगै बंगलादेश र बलियो अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

सेमिफाइनलमा अब अफगानिस्तानले दक्षिण अफ्रिकासंग प्रतिस्पर्धा गर्नेछ ।

वेस्ट इन्डिजको आर्नोस भाले रंगशालामा भएको खेलमा डिएलएस मद्दतिमार्फत् ११४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १७.२ ओभरमा अलआउट हुँदा मात्र १०५ रनमा समेतियो ।

बंगलादेशका लागि विकेटकिपर लिटन दासले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, तौहिद हृदयले ९ बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा सौम्य सरकारले १० बल खेल्दै १ चौका प्रहार गरेर १० रन जोडेर पेविलियन फर्किए ।

यता, महमुदुल्लाह ६, कप्तान नाजमुल हुसेन सान्तो ५, तान्जिम हसन सकिब ३ र तस्किन अहमेद २ रनमा पेविलियन फर्किदा तान्जिद हसन, सकिब अल हसन, रिशाद हुसेन र मुस्ताफिजुर रहमान शुन्य रनमा पेविलियन फर्किए ।

बंगलादेशले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

बंगलादेशमाथि जित निकाल्न कप्तान राशिद खान र नविन उल हकले समान ४–४ विकेट लिँदा फजलहक फारुकी र गुलबदिम नाइबले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै ११५ रन जोड्यो ।

अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रहमानुल्लाह गुरबाजले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडेर आउट हुँदा कप्तान राशिद खानले १० बल खेल्नेक्रममा ३ छक्का प्रहार गर्दै १९ रन जोडेर अविजित रहे ।

त्यस्तै, अर्का ओपनर इब्राहिम जडरानले २९ बलमा १ चौका मद्दतमा १८ रन जोडेर आउट हुँदा अजमतुल्लाह ओमारजायीले १२ बल सामना गर्दा १० रन जोडेर पेविलियन फर्किए ।

यता, करिम जनत ७ रनमा अविजित रहँदा गुलबदिन नाइब ४ र माहम्मद नाबी १ रनमा पेविलियन फर्किए ।

अफगानिस्तानले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

बंगलादेशका लागि रिशाद हुसेनले ३ विकेट लिँदा मुस्ताफिजुर रहमान र तस्किन अहमेदले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.