
एजेन्सी । फ्लुमिनेन्से संयुक्त राज्य अमेरिकामा जारी २१ औं संस्करणको फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार राति भएको खेलमा साउदी क्लब अल हिलालमाथि २–१ को जित निकाल्दै ब्राजिलियन क्लब फ्लुमिनेन्से सेमिफाइनलमा प्रवेश गरेको हो ।
अमेरिकाको फ्लोरिडाको ओर्लाडोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलियन टोलीलाई जिताउन मर्टिनेली र हेर्कुलेसले गोल गर्दा ।
पराजित साउदी क्लबका लागि मार्कोस लियोनाड्रोले एक गोल फर्काए ।
पहिलो हाफको ४० औं मिनेटमा ग्राबियल फुइन्टेसको पासमा मर्टिनेलीले गोल गर्दै ब्राजिलियन टोलीलाई १–० ले अघि बढाए ।
तर, दोस्रो हाफको ५१ औं मिनेटमा कालिदाउ कौलिबेलीको पासमा लियोनाड्रोले एसियाली टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ७० औं मिनेटमा सामुएल जाभियरको पासमा हेर्कुलेसले गोल गर्दा फ्लुमिनेन्से २–१ ले विजयी भयो ।