भक्तपुर । बराबरी उन्मुख खेलको अन्तिम समयमा सनसनीपूर्ण गोल गर्दै सातदोबाटो युवा क्लबले सहिद स्मरक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

सनिवार भएको खेलमा सातदोबाटो युवा क्लबले फ्रेन्ड्स क्लबमाथि १–० को जित निकालेको हो ।

त्रिपुरेश्वेरस्थित दशरथ रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलपछि थपिएको ४ मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमा दिपक सिंह ठकुरी एकमात्र निर्णायक गोल गर्दा सातदोबाटोले जारी लिगमा शतप्रतिशत जित कायम गर्यो ।

जितसंगै ३ खेलमा ९ अंक जोडेको सातदोबाटो तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित फ्रेन्ड्सको ३ खेलमा १ अंक छ ।

त्यसअघि सनिवार दिउँसो भएको खेलमा संकटा क्लबले विभागिय नेपाल पुलिस क्लबमाथि ३–० को सहज जित हात पार्यो ।

च्यासल रंगशालामा भएको खेलमा संकटाका लागि गणेश हमाल, रोशन पहरी र सुरजजंग ठकुरीले गोल गरेका हुन् ।

खेलको १२ औं मिनेटमा गणेशको गोलमार्फत संकटाले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ १–० ले अघि रहेको संकटाले दोस्रो हाफको ८० औं मिनेटमा रोशनको गोलमार्फत अग्रता दोब्बर पार्यो ।

त्यसपछि सुरजले ८६ औं मिनेटमा गोल गरेपछि संकटाले खेल ३–० ले जित्यो । महत्वपूर्ण जितसंगै संकटाले ३ खेलमा ४ अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा उक्लेको छ ।

संकटासंग पराजय बेहोरेको विभागिय क्लबले जारी लिगमा खेलेको ३ वटै खेलमा पराजय भोगेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.