एजेन्सी । जर्मन बुडेसलिगामा बुरुसिया डर्टमण्डले एससी फ्रेइबर्गमाथि फराकिलो जित निकालेको छ ।

सनिवार भएको खेलमा डर्टमण्डले फ्रेइबर्गमाथि ५–१ को फराकिलो जित हात पारेको हो ।

सिग्नल इदुना पार्क रंगशालामा भएको खेलमा २६ औं मिनेटमा निको स्चलोटेरबेकको गोलमार्फ घरेलु टोली डर्टमण्डले सुरुवाती अग्रता लिएको थियो ।

तर, ४५ औं मिनेटमा लुकास होलेरको गोलमार्फत फ्रइबर्गले खेल बराबरीमा ल्यायो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफ डर्टमण्डले गोलको बर्षा गर्यो ।

४८ औं मिनेटमा करिम अडेएमीको गोलमार्फट घरेलु टोलीले पुनः खेलमा अग्रता लियो । त्यसको ३ मिनेटपछि नै सेबास्टेन हेलारको गोलमार्फत खेल ३–१ को अवस्थामा पुग्यो ।

त्यसपछि ६९ औं मिनेटमा जुलियान ब्रान्ड्ट र ८२ औं मिनेटमा जियोभानी रेइनाले गोल गर्दा डर्टमण्ड ५–१ ले विजयी रह्यो ।

डर्टमण्डले बुडेसलिगामा १९ खेल खेलिसक्दा ३७ अंक बनाउँदै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

फ्रेडबर्गको भने १९ खेलमा ३४ अंक छ । पराजयसंगै फ्रेइबर्ग तालिकाको छैटौं स्थानमा झरेको छ ।

बुडेसलिगाकै अन्य खेलमा भिएफएल बोचुमले होफिनहेमलाई ५–२ ले पराजित गर्दा इन्ट्राक्ट फ्राङ्कफ्रुटले हेर्था बिएससीलाई ३–० ले पराजित गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.