
एजेन्सी । उपाधि दाबेदार फ्रान्स युरो कपअन्तर्गत खेलमा नेडरलयाण्ड्ससंग बराबरीमा रोकिएको छ ।
शुत्रवार राति भएको खेलमा बलियो फ्रान्स नेडरल्याण्ड्ससंग गोलरहित बराबरीमा रोकिएको हो ।
जर्मनीको लाइपिजिङस्तिथ रेडबुल एरिना लाइपिजिङ रंगशलामा भएको खेलमा डच टोलीमाथि तुलनात्मक रुपमा दबाब राखेतापनि गोल निकाल्न नसकेपछि खेल गोलरहित बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँडेको छ ।
समूह ‘डी’ मा फ्रान्स र नेडरल्याण्ड्सको समान दुई–दुई खेलमा चार–चार अंक रहेको छ ।
यता, गयराति नै भएको अर्को खेलमा अष्ट्रियाले पोल्याण्डमाथि ३–१ को जित निकालेको छ ।