
एजेन्सी । फ्रान्सेली लिग वानमा नाइसले सेन्ट इतिएनमाथि गोलको वर्षा गरेको छ ।
शुक्रवार राति भएको खेलमा नाइसले सेन्ट इतिएनमाथि गोल वर्षा गर्नेक्रममा ८–० को एकपक्षिय फराकिलो जित रचेको हो ।
नाइसको घरेलु मैदान एलियान्ज रिभिएरा रंगशालामा भएको खेलको चौथौं मिनेटमा सेन्ट इतिएनका ड्यालन बटुबिनसिकाको आत्मघाती गोलमार्फत् घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
त्यसको तीन मिनेटपछि नै तानगाय डोम्बेलेको गोलमार्फत् नाइसले २–० को अग्रता लियो ।
त्यस्तै, २४ औं मिनेटमा जोनाथन क्लसको पासमा मोहमेद चोले गोल थप्दा नाइस ३–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै युसोफा मौकोकोले गोल थप्दा घरेलु टोली ४–० ले अघि बढ्यो ।
यता, ३६ औं मिनेटमा मौकोकोको पासमा इभान गुइसान्डले गोल गर्दा नाइस ५–० ले अघि बढ्यो ।
त्यसको तीन मिनटपछि नै ३९ औं मिनेटमा गुइसान्डको पासमा मौकोकोले गोल थप्दा पहिलो हाफसम्म नाइस ६–० ले अघि बढ्यो ।
त्यस्तै, दोस्रो हाफको ७५ औं मिनेटमा सोफियान डियोपले गोल थप्दा नाइस ७–० ले अघि बढ्यो ।
यता, ८६ औं मिनेटमा पाब्लो रोसरियोले पेनाल्टीमा गोल थप्दा घरेलु टोली ८–० ले विजयी भयो ।
एकपक्षिय फराकिलो जितसंगै नाइसले लिग तालिकामा पाँच खेलबाट सात अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ ।
पराजित टोलीको भने समान पाँच खेलमा तीन अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ ।