एजेन्सी । फ्रान्सलाई पराजित गर्दै स्पेन युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको सेमिफाइनल खेलमा चिरपरिचित बलियो प्रतिद्वन्दी फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको म्युनिखस्थित एलियान्ज एरिना रंगशालामा भएको रोमाञ्चक हेभिवेट भिडन्तमा सबै गोल पहिलो हाफमा सम्भव भयो ।

खेल सुरु भएको ८ औं मिनेटमा केलियन एम्बाप्पेको क्रसमा रानडाल कोलो मुनाईले हेडमार्फत् गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए ।

तर, २१ औं मिनेटमा अल्भारो मोराटाको असिस्टमा लामिन यामलले स्पेनका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसको चार मिनेटपछि नै २५ औं मिनेटमा ड्यानी ओल्मोले गोल थप्दा स्पेन २–१ ले अघि बढ्यो ।

त्यसपछि खेलमा थप गोल निस्किएन र खेल स्पेनले २–१ ले जित्यो ।

योसंगै स्पेनले युरोको उपाधिका लागि इंग्ल्याण्ड र नेडरल्याण्ड्सबीचको विजेतासंग खेल्ने भएको छ ।

स्पेनले पछिल्लोपल्ट सन् २०१२ मा युरोको उपाधि जितेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.