
एजेन्सी । नटिङघम फोरेस्टसंग इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।
सनिवार राति भएको खेलमा नटिङघम फोरेस्टसंग म्यानचेस्टर युनाइटेड २–१ ले स्तब्ध बनेको हो ।
फोरेस्टको घरेलु मैदान द सिटी ग्राउण्ड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा मोर्गान गिब्स ह्वाइट र निकोलास डोमिनगुएजले समान एक–एक गोल गरे ।
यता, पराजित युनाइटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहितमा सकिएको खेलमा दोस्रो हाफको ६४ औं मिनेटमा गोन्जालो मोन्टेलको पासमा निकोलासले गोल गदैए फोरेस्टलाई १–० ले अघि बढाए ।
त्यसपछि ७८ औं मिनेटमा आलेहान्ड्रो ग्रानाचोको पासमा रासफोर्डले युनाइटेडका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
तर, ८२ औं मिनेटमा एन्टोनी इलिङ्गाको पासमा मोर्गानले गोल थप्दा घरेलु टोली २–१ ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै फोरेस्टले २० खेलमा २० अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।
युनाइटेडको भने समान २० खेलमा ३१ अंक रहेको छ । युनाइटेड तालिकाको सातौं स्थानमा रहेको छ ।