
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत नयाँ वर्षको दोस्रो खेलमा चेल्सी नटिङ्घम फोरेस्टसंग बराबरीमा रोकेको छ ।
आइतवार भएको खेलमा लण्डन क्लब चेल्सीले जारी सिजनमात्र प्रिमियर लिगमा बढुवा भएको नटिङ्घम फोरेस्टसंग १–१ को बराबरीमा रोकेको हो ।
द सिटी ग्राउण्डमा भएको खेलमा चेल्सीले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा फोरेस्टसंग अंक बाढ्नु पर्यो ।
खेलको १६ औं मिनेटमा रहिम स्टर्लिङको गोलमार्फत चेल्सीले खेलमा सुरुवाती अग्रता लिए तापनि दोस्रो हाफको ६३ औं मिनेटमा सम्हालिन नसक्दा गोल बेहोर्न पुग्यो ।
फोरेस्टका लागि सर्जे औरिएरले गोल फर्काउदा खेल १–१ को बराबरीमा आयो । त्यसपछि दुबै टोलीबाछ थप गोल भएन र खेल बराबरीमा टुंगियो ।
बराबरीसंगै चेल्सी १६ खेलमा २५ अंकका जोड्दै लिग तालिकाको आठौं स्थानमा छ । यता, महत्वपूर्ण अंक खोस्न सफल फोरेस्टको १७ खेलमा १४ अंक छ । फोरेस्ट तालिकाको १८ औं स्थानमा छ ।