एजेन्सी । युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलमा बायर लेभरकुसेनले फराकिलो जित निकालेको छ ।

विहिवार राति भएको लिग चरणको पहिलो खेलमा डच टोली फेयनोर्डमाथि जर्मन टोली बायर लेभरकुसेनले ४–० को फराकिलो जित निकालेको हो ।

फेयनोर्डको घरेलु मैदान स्टाडियन फैजेनोर्ड रंगशालामा भएको खेलमा भ्रमणकारी जर्मन टोलीलाई जिताउन फ्लोरियान विर्ट्जले दुई गोल गर्दा एलेक्स ग्रिमाल्डोले एक गोल थपे ।

अर्को एक गोल भने डच टोलीका टिमोन वेलेनरेउथरको आत्मघाती गोलमार्फत् लेभरकुसेनले प्राप्त गर्यो ।

खेल सुरु भएको पाँचौं मिनेटमा रोर्बट एन्डरिचको पासमा विर्ट्जले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलायो ।

त्यसपछि ३० औं मिनेटमा ग्रिमाल्डोले गोल थप्दा लेभरकुसेन २–० ले अघि बढ्यो ।

त्यस्तै, ३६ औं मिनेटमा जेरेमी फ्रिमपोङको पासमा विर्ट्जले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा लेभरकुसेन ३–० ले अघि बढ्यो ।

यता, ४४ औं मिनेटमा घरेलु टोलीका टिमोनले आत्मघाती गोल गर्न पुग्दा लेभरकुसेन ४–० ले अघि बढ्यो ।

त्यसपछि दोस्रो हाफमा थप गोल निस्किएन ।

फराकिलो जितसंगै लेभरकुसेनले लिग तालिकामा तीन अंक जोडेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.