एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी फुलहमसंग पराजित भएको छ ।
विहिवार राति भएको खेलमा घरेलु टोली फुलहमले लण्डन क्लब चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
कार्भेन कटेज रंगशालामा घरेलु टोलीका लागि विलियमले खेलको २५ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० ले सकिएको खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा चेल्सीका डिफेन्डर कालिडाउ काउलीबेलीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
यता, खेलको ५८ औं मिनेटमा जाओ फिलिक्सले रातो कार्ड पाएसंगै चेल्सी १० खेलाडीमा समेतिन पुग्यो ।
केहि दिन अगाडीमात्रै स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा लण्डन क्लब आएका फेलेक्सले प्रिमियर लिगको डेब्यु खेलमै रातो कार्ड पाए । फुलहमका खेलाडीमाथि डरलाग्दो फाउल गर्न पुगेपछि पोर्चुगिच फरवार्डले सिधै रातो कार्ड पाएका थिए ।
७३ औं मिनेटमा फुलहमले कार्लोस भिनिसियसको गोलमार्फत खेलमा पुनः अग्रता लियो । एन्ड्रेस परेराको उत्कष्ट क्रसमा भिनिसियसले हेडमार्फत गोल गर्दै फुलहमलाई खेलमा २–१ ले अघि बढाए ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल २–१ ले घरेलु टोलीले जित्यो । जितसंगै महत्वपूर्ण ३ अंक जोडेको फुलहमले १९ खेलमा ३१ अंक बनाएको छ । फुलहम लिग तालिकाको छैटौं स्थानमाउक्लिएको छ ।
यता, पराजित चेल्सीको १८ खेलमा २५ अंक छ । चेल्सी तालिकाको १० औं स्थानमा छ ।