एजेन्सी । ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा फुलहममाथि रोमाञ्चक जित निकालेको छ ।

सोमवार राति भएको खेलमा लयमा रहेको ब्रेन्टफोर्डले फुलहमलाई ३–२ अन्तरले पराजित गरेको हो ।

ब्रेन्टफोर्डको घरेलु मैदान जिटेक कम्युनिटी रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि इथन पिननक, इभान टोनी र म्याथिस जेन्सेनले गोल गर्दा फुलहमका लागि मनोर सोलोमोन र कार्लोस भिनिसियोसले एक–एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा पिननकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा सोलोमोनले गोल फर्काउदै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ५३ औं मिनेटमा इभान टोनीले पेनाल्टीमा गोल गर्दा पुनः ब्रेन्टफोर्डले खेलमा २–१ को अग्रता लिएको थियो ।

त्यसपछि ८५ औं मिनेटमा जेनसेनले गोल थप्दा घरेलु टोली ३–१ को आरामदायी अवस्थामा पुग्यो ।

निर्धारित ९० मिनेटको अतिरिक्त थपिएको समयको अन्तिमतिर ९ औं मिनेटमा फुलहमका भिनिसियसले गोल फर्काउँदा खेल ३–२ ले टुंग्यिो ।

जितसंगै ब्रेन्टफोर्डले २४ लिग खेलमा ३८ अंक जोड्दै तालिकाको ९ औं स्थानमा रहेको छ ।

पराजित फुलहमको २६ खेलमा ३९ अंक छ । फुलहम लिग तालिकाको सातौं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.