
एजेन्सी । चेल्सीले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा फुलहममाथि साँघुरो जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा चेल्सीले फुलहममाथि १–० को साँघुरो जित हासिल गरेको हो ।
लन्डनस्थित स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा चेल्सीका लागि एकमात्र निर्णायक गोल पहिलो हाफको अन्त्यतिर ४५ मिनेटपछि थपिएको अतिरिक्त समयको चौथौं मिनेटमा कोल पाल्मरले गरे ।
साँघुरो जितसंगै चेल्सीले महत्वपूर्ण तीन अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ ।
चेल्सीले २१ खेलमा ३१ अंक जोडेको छ ।
यता, पराजित फुलहमको समान २१ खेलमा २४ अंकसहित तालिकाको १३ औं स्थानमा रहेको छ ।