एजेन्सी । लिग लिडर आर्सनलले इंग्लिस प्रिमियर लिगमा फुलहममाथि सहज जित निकालेको छ ।

आइतवार राति भएको खेलमा आर्सनलले घरेलु टोली फुलहममाथि ३–० को सहज जित निकालेको हो ।

आर्सनलका लागि ग्राबियल, ग्राब्रियल मार्टिनेली र मार्टिन ओडिगार्डले गोल गरेका थिए । ती सबै गोलमा लियान्द्रो ट्रोससार्डले असिस्ट प्रदान गरेका थिए ।

कार्भिन कटेजमा भएको खेलमा सबै तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको २१ औं मिनेटमा ग्रावियलले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसअघि घरेलु टोलीका एन्टोनी रोबिन्सनले गरेको गोललाई भिएआरले मान्यता दिएको थिएन ।

खेलको २६ औं मिनेटमा मार्टिनेलीले गोल गर्दा आर्सनल २–० ले अघि बढ्यो ।

पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा ओडिगार्डले गोल गर्दा आर्सनल ३–० ले अघि बढ्यो ।

जितसंगै आर्सनलको २७ खेलबाट ६६ अंक भएको छ । पराजित फुलहमको समान खेलमा ३९ अंक छ । फुलहम तालिकाको आठौं स्थानमा झरेको छ ।

आइतवार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर टोली साउथह्याम्टनसंग गोररहित बराबरीमा रोकिँदा वेस्टह्याम युनाइटेड र एस्टनभिल्लाले पनि १–१ को बराबरी खेलेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.