भक्तपुर । फुटबलका राजाका रुपमा चिनिएका महान ब्राजिलियन फुटबलर एड्सन आरान्तेस दो नासिमेन्तो पेलेको निधन भएको हो ।

पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको छ ।

सन् १९४० अक्टुबर २३ मा ब्राजिलको मिनास गेराइसमा जन्मेका पेले साउपाउलोमा हुर्केका थिए ।

ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाउन उनले महत्वपूर्ण योगदन गरेका थिए । उनी तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् ।

सन् २००० मा पेलेलाई फिफाले ‘प्लेयर अफ द सेन्चुरी’ घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो ।

यसअघि पेलेको अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसंग सम्बन्धित समस्याबाट पिडित थिए ।

बिहीबार राति उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.