
एजेन्सी । इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा फियोरेन्टिनामाथि साँघुरो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ ।
आईतवार राति भएको खेलमा इन्टर मिलानले फियोरेन्टिनामाथि १–० को साँघुरो जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।
फियोरेन्टिनाको घरेलु मैदान आर्टेमियो फ्रान्ची रंगशालामा भएको खेलमा इन्टरको जितमा लाउटारो मार्टिनेजले एकमात्र निर्णायक गोल गरे ।
खेलको १४ औं मिनेटमा क्रिस्टजान अस्लानीको पासमा मार्टिनेजले निर्णायक गोल गरे ।
साँघुरो जितसंगै शीर्ष स्थानमा उक्लेको इन्टरले २१ खेलमा ५४ अंक जोडेको छ ।
पराजित घरेलु टोलीको भने समान २१ खेलमा ३६ अंक रहेको छ ।
फियोरेन्टिना तालिकाको पाँचौं स्थानमा झरेको छ ।