एजेन्सी । चिरपरिचित प्रतिद्वन्दी फियोरेन्टिनामाथि जित रच्दै एटलान्टा इटालियन प्रतिष्ठित प्रतियोगिता कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा १० खेलाडीमा समेतिएको सिरी ए प्रतिद्वन्दी फियोरेन्टिनामाथि ४–१ समग्रमा ४–२ को जित रच्दै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा फियोरेन्टिना १–० ले विजयी भएको थियो ।

एटलान्टाको घरेलु मैदान जिवेस रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन टिउन कोपमैनेर्स, जियानलुका स्कामाका, अडेमोला लुकम्यान र मारियो पासलिकले गोल गरे ।

पराजित फियोरेन्टिनाका लागि लुकास मोर्टिनेज क्वार्टाले एक गोल फर्काए ।

खेल सुरु भएको ८ औं मिनेटमा टिउनको गोलमार्फत् घरेलु टोलीले सुरुवाती अग्रता लियो ।

तर, दोस्रो हाफको ५३ औं मिनेटमा निकोला मिलेनकोभिकले रातो कार्ड पाउँदा फियोरेन्टिना १० खेलाडीमा समेतियो ।

यता, लुकास मार्टिनेजले ६८ औं मिनेटमा भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

तर, ७५ औं मिनेटमा स्कामाकाले घरेलु टोलीलाई गोल थप्दा फियोरेन्टिना २–१ ले अघि बढ्यो ।

त्यसपछि खेलको अन्त्यतिर इन्जुरी समयको चौथौं मिनेटमा लुकम्यानले गोल गर्दा एटलान्टा ३–१ ले अघि बढ्यो ।

यता, इन्जुरी समयको आठौं मिनेटमा लुकम्यानको पासमा पासलिकले गोल थप्दा एटलान्टा ४–१ ले विजयी भयो ।

अब एटलान्टाले उपाधिका लागि युभेन्टससंग मे १६ तारिखमा फाइनल खेल खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.