भक्तपुर । साविक विश्व विजेता फ्रान्सले आसन्न कतार विश्वकपको लागि अन्तिम टोलीमा राखिएका क्रिस्टफर इन्कन्कुको स्थानमा रानडाल कोलो मुआनीलाई फ्रान्सेली टोलीमा समेटेको छ ।
आरबी लाईपिजिङका फरवार्ड प्रशिक्षणका दौरान घाईते हुन पुगेपछि उनको स्थानमा बुडेसलिगा क्लब इंट्रेक्ट फ्याङ्कफ्युटका स्ट्राइकर मुआनीलाई फ्रान्सेली टोलीमा बोलाईएको हो । फ्रान्सेली फुटबल टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले आसन्न विश्पकपमा उपाधि रक्षा अभियानका लागि उनलाई टोलीमा स्थान दिएको हो ।
फ्रान्सले मंसिर ७ गते विहान पौने १ बजे विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेल अस्टे«लियासंग खेल्दैछ ।