भक्तपुर । बहुप्रतिक्षित फिफा विश्वकप एसियाली राष्ट्र कतारमा आइतवारदेखि सुरु हुदैछ । यस्तोमा ३२ टोलीले खेल्ने सर्वाधिक लोकप्रिय प्रतियोगिता ८ समूहमा विभाजन गरिएको छ ।

यसमध्ये समूह ‘ए’ को चर्चा गरौं । समूह ‘ए’ मा आयोजक कतारसंगै इक्वेडर, नेडरल्याण्ड र सेनेगल रहेका छन् ।

कतार
एसियाली राष्ट्र कतार आसन्न विश्वकपको आयोजक राष्ट्र हो । फुटबल जगतको प्रतिष्ठित प्रतियोगिताको लागि आयोजककै रुपमा सहि कतार पहिलोपल्ट सहभागी हुदैछ ।

कतार राष्ट्रिय टोलीलाई स्पेनिस फेलेक्स सान्चेजले हेरिरहेका छन् । उनले कतारमा लामो समयदेखि काम गरिरहेका थिए । पहिला कतारको युवा टोली हेरेका उनले सन् २०१७ बाट कतारको राष्ट्रिय टोली सम्हालेका थिए । उनको नेतृत्वमा कतारले सन् २०१९ को एएफसी एसियन कप जित्दा सन् २०२१ मा भएको कोन्काफ गोल्डकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

विश्वकपमा डेब्युको पर्खाइमा रहेको यो अरेबेली राष्ट्रका प्रमूख खेलाडीका रुपमा अक्रिम अफिफ रहेका छन् । कतारको लक्ष्य राम्रो खेल प्रदर्शन गर्नु नै हुनेछ । किनभने उसलाई गुमाउनु केहि छैन ।

नेडरल्याण्ड
सम्भवतः यस समूहको सबभन्दा बलियो टोली नेडरल्याण्ड नै हो । ८ वर्ष अगाडीको विश्वकपमा यो टोलीले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

उपाधि भिडन्तमा स्पेनसंग पराजित भएको यस डच टोलीलाई लुईस भान गालले नेतृत्व गरेको थियो । अहिले पनि भान गाल नै डच टोलीको मूख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

युरोपेली फुटबलका ख्याति प्राप्त खेलाडीहरुले भरिएको नेडरल्याण्डको मूख्य खेलाडीका रुपमा बार्सिलोनाका फरवार्ड मेम्फिस डीपे रहेका छन् । सम्भवत नेडरल्याण्ड समूह विजेताका रुपमा दोस्रो चरण प्रवेश गर्नेछ ।

इक्वेडर
दक्षिण अमेरिकी राष्ट्र इक्वेडर चौथौं पटक विश्वकपमा सहभागी हुदैछ । इक्वेडरलाई अन्डरडगका रुपमा लिइन्छ । यो टिमले कुनैपनि समय ठूला टिमहरुलाई समस्यामा पार्न सक्छ ।

इक्वेडरका मूख्य प्रशिक्षक गुस्ताभो अल्फारो हुन् भने प्रमूख खेलाडीमा इनर भ्यालेन्सिया रहेका छन् ।

सेनेगल
अफ्रिकी महादेशको फटबलमा एक चर्चित देश सेनेगल हो । सन् २००२ को विश्वकपमा यस राष्ट्रले क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो ।

‘लायन्स अफ तेरङ्गाका उपनामले समेत परिचित यस राष्ट्रले पछिल्लो अफ्रिकी कप अफ नेसन्स जितेको थियो । युरोपेली टप क्लबहरुमा व्यवसायिक फुटबल खेलिरहेका चर्चित अनुहारले भरिएको राष्ट्रको मूख्य प्रशिक्षक अलिऔ सिसे रहेका छन् ।

सेनेगलको प्रमूख खेलाडीमा ब्रायन म्युनिखका स्ट्राइकर साडियो माने रहेका छन् ।

सम्भावित दोस्रो चरण पुग्ने दुई टोली
नेडरल्याण्ड र सेनेगल

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.