भक्तपुर । कतारमा विश्वकपको समूह ‘एच’ मा विश्व फुटबलको लोकप्रिय खेलाडी क्रिस्चियानो रोनाल्डोको पोर्चुगलसंगै दक्षिण अमेरिकी राष्ट्र उरुग्वे, अफ्रिकी राष्ट्र घाना र एसियाली राष्ट्र दक्षिण कोरियारहेका छन् । जारी विश्वकपमा यो समूह कस्तो छ त ? चर्चा गरौं ।

पोर्चुगल
युरोपेली राष्ट्र पोर्चुगल भन्नासाथ क्रिस्चियानो रोनाल्डो नाम आइहाल्छ । पाँचपल्टका बेलेन डीओआर विजेता खेलाडीको पाँचौ विश्वकप हो यो ।

सम्भवतः कतार विश्वकप नै यी खेलाडीको अन्तिम विश्वकप हुनेछ । यस्तोमा पोर्चुगलले यहि संस्करणमा इतिहास रच्न सम्पूर्ण बल प्रयोग गर्ने निश्चित जस्तै छ । हालसालै म्यानचेस्टर युनाइटेड छोडेका रोनाल्डोको कप्तानीमा रहेको टिम पनि सन्तुलित र राम्रो रहेको छ ।

सन् १९६६ को विश्वकपमा डेब्यु गरेयता यो टोलीले ८ पल्ट विश्व फुटबलको सर्वोच्च प्रतियोगिता खेल्न लागेको हो । विश्वकपमा हालसम्मको ठूलो उपलब्धि सन् १९६६ मा तेस्रो स्थान हासिल गर्नु रहेको छ ।

युरोपेली फुटबलमा भने पोर्चुगलले सन् २०१६ मा युरोकप जितेको छ । त्यस्तै, २०१९ को यूईएफए नेसन्स लिग पनि जितेको छ । पछिल्लो फिफा वरियतामा ९ औं स्थानमा रहेको यस राष्ट्रलाई फर्नान्डो सान्तोषले हेरिरहेका छन् ।

उरुग्वे
फिफा विश्वकपको पहिलो संस्करणको आयोजक र विजेता राष्ट्र हो उरुग्वे । हालसम्म १४ संस्करणको विश्वकप खेल्ने तय भएको यो राष्ट्रले सन् १९३० र १९५० को विश्वकप जितेका थियो ।

यो राष्ट्रले कोपा अमेरिका १५ पटक जितेको छ । हाल फिफा वरियतामा १४ स्थानमा रहेको यस टिमको कोच डिएगो अलोन्सो रहेका छन् । उरुग्वे टिमको कप्तानी डीएगो गोडिनले गर्दैछन् ।

यस टिममा लुईस स्वारेज, इडिसन काभानीजस्ता अनुभवी खेलाडी रहँदा डार्विन नुनेज, रोनाल्ड अराउजो, जोजे गोमेज, म्याथिस ओलीभेरा, फाकुन्डो पिलिश्रीजस्ता युवा खेलाडीहरु रहेको छ ।

घाना
सन् २००६ को विश्वकपमा सनसनी मचाउँदै फिफा विश्वकपमा डेब्यु गरेको अफ्रिकी राष्ट्र हो घाना । त्यसयता यो राष्ट्र चारपल्ट विश्वकपमा छनोट भएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु यो राष्ट्र अहिलेसम्मको ठूलो उपलब्धि हो । घानाले अफ्रिका कप अफ नेसन्स चारपल्ट जितेको छ । हाल फिफा वरियताको ६१ औं स्थानमा रहेको यो राष्ट्रलाई अन्डर दग टोली मानिएको छ । ब्ल्याक स्टार उपनामले चिनिने यो राष्ट्रलाई हाल ओटो आडोले प्रशिक्षण दिइरहेका छन् । आन्डे« इउ टोलीका कप्तान हुन् ।

दक्षिण कोरिया
टोटनहमका स्टार खेलाडी सन ह्युङ मिनको राष्ट्र हो दक्षिण कोरिया । एसियाको प्लेयर अफ द इएरबाट समेत समानित भएका सन यो टिमका मुख्य खेलाडी हुन् ।

कोरियालाई एसियाली फुटबलको बलियो टोली मानिन्छ । सन् १८५४ मा फिफा विश्वकपमा डेब्यु गरेको यो राष्ट्रले हालसम्म ११ पल्ट विश्वकप खेल्ने भएको छ ।

सन् २००२ मा आफ्नै भुमीमा भएको विश्वकपमा सेमीफाइनलसम्म पुग्नु कोरियाली टिमको हालसम्मको ठूलो उपलब्धि हो । गएको रसिया विश्वकपमा उपाधि दाबेदार टोली जर्मनीलाई हराएको यो राष्ट्रले यो पल्ट पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

कोरियाले एसियन कप दुईपल्ट जितेको छ । पछिल्लो फिफा वरियतामा २८ औं स्थानमा रहेको यो राष्ट्रका मूख्य प्रशिक्षक पाउलो बेन्टो रहेका छन् ।

 

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.