भक्तपुर । कतारमा जारी फिफा विश्वकपको समूह ‘जी’ मा यस समूहमा विश्वकपको सर्वाधिक सफल राष्ट्र ब्राजिलसंगैअफ्रिकी देश क्यामरन,युरोपेली देशहरु स्विजरल्याण्ड र सर्विया रहेका छन् । यस्तोमा कतार विश्वकप खेल्ने यो समूह कस्तो छ त ? चर्चा गरौं ।
ब्राजिल
विश्व फुटबलको सर्वोच्च प्रतियोगिता फिफा विश्वकप सर्वाधिक ५ पटकको विजेता राष्ट्र हो ब्राजिल ।
महान फुटबल खेलाडी पेलेको देश ब्राजिलले सन् १९३० यताका विश्वकपका सबै संस्करणमा सहभागिता जनाइरहेको छ । ब्राजिल त्यस्ते देश हो जहाँ रोनाल्डो, रिबाल्डो, रोनाल्डिनो, रोबर्टो कार्लोसजस्ता फुटबल लेजेण्डहरु जन्मिए ।
विश्व फुटबलको महारथी राष्ट्रका रुपमा समेत चिनिएको दक्षिण अमेरिकी देश ब्राजिलले सन् १९५८ मा पहिलो पटक विश्वकप उपाधि उचालेको थियो ।
त्यसपछि सन् १९६२, १९७०, १९९४ मा उपाधि जित्दा पछिल्लोपटक सन् २००२ मा विश्वकप उचालेको थियो । त्यस्तै, सन् १९५० र १९९८ मा उपविजेता बनेको थियो ।
हालको नेयमार जुनियिरको कप्तानीमा रहेको ब्राजिली टिमलाई कतार विश्वकपको प्रमूख दाबेदार टोलीको रुपमा लिईएको छ । इए स्पोट्सले पछिल्लोपटक गरेको भविष्यवानीमा पनि ब्राजिली टोली फाइनलसम्म पुग्ने बताइएको छ ।
ब्राजिली टोलीमा नेयमारसंगै भिनिसियस जुनियर, राड्रिगो, राफिना, एन्टोनी, ग्रावियल जेसस तथा रिचार्र्लिसन जस्ता आक्रमक खलाडीहरुको साथ रहँदा मिडफिल्ड र डिफेन्स लाइन पनि त्यति नै मजबुद रहेको छ । टिटेले ब्राजिलको मूख्य प्रशिक्षक छन् ।
फिफाले हरेका महिना निकालिने वरियतामा पछिल्लो अक्टुवर महिनाको वरियताक्रममा ब्राजिल शीर्ष स्थानमा रहेको छ ।
क्यामरन
इन्डोमिटेबल लायन्स उपनामबाट परिचित यो टोली सन् १९८२ यता ८ पटक फिफा विश्वकपमा छनोट भएको छ ।
सन् १९९० मा क्वाटरफाइनलसम्म पुग्नु यस राष्ट्रको अहिलेसम्मको ठूलो् उपलब्धी हो । क्यामरनले अफ्रिकाको सर्वोच्च प्रतियोगिता अफ्रिकी कप अफ नेसन्स ५ पटक जितेको छ ।
त्यस्तै, सन् २००३ को फिफा कन्फडरेसन कपमा क्यामरनी टोली उपविजेता भएको थियो । पछिल्लो फिफा वरियतामा क्यामरनी टोली ४३ औं स्थानमा रहेको छ ।
हालको क्यामरनी टोलीका मूख्य प्रशिक्षक रिगोबर्ट सङ्ग रहेका छन् । त्यस्तै, क्यामरनी टोलीको कप्तानमा भिनिसियन्ट अबुबकर रहेका छन् ।
स्विजरल्याण्ड
युरोपेली मुलुक स्विजरल्याण्डले सन् १९३४ मा फिफा विश्वकपमा डेब्यु गरेयता १२ पल्ट विश्वकप खेल्दैछ ।
विश्वकपमा उसको हालसम्मको ठूलो सफलता भएको तीनपल्ट सन् १९३४, १९३८, १९५४ मा क्वाटरफाइनल पुग्नु रहेको छ । पछिल्लो फिफा वरियतामा १५ औं स्थानमा रहेको यो राष्ट्रका मूख्य प्रशिक्षक मुरात याकिन रहेका छन् ।
त्यस्तै, वर्तमान टोलीका कप्तान ग्राइन्ट शाका रहेका छन् ।
सर्विया
युरोपेली राष्ट्र सर्वियाले सन् १९३० मा फिफा विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता यो राष्ट्रले १२ पटक विश्वकप छनोट भएको छ ।
सन् १९३० र १९६२ मा सेमिफाइनलसम्मको यात्रा गर्नु यो राष्ट्रको अहिलेसम्मको ठूलो सफलता हो । युरोपेली फुटबलमा भने यो राष्ट्रले सन् १९६० र १९६८ मा भएको युरोकपमा उपविजेता बनेको थियो ।
हालको फिफा वरियतामा २१ औं स्थानमा रहेको यो राष्ट्रलाई ड्रागन स्टोजकोभिजले प्रशिक्षण गराइरहेका छन् । सर्वियन टिमको कप्तानको जिम्मेवारी दुसान तादिकलाई दिईएको छ ।
दोस्रो चरण पुग्ने सम्भावित टोली
ब्राजिल र स्विजरल्याण्ड