भक्तपुर । कतार विश्वकपको समूह ‘एफ’ मा यस समूहमा युरोपेली राष्ट्रहरु बेल्जियम र क्रोएसिया रहेका छन् । त्यस्तै, उत्तर अमेरिकी देश क्यानडा र अप्रिकी राष्ट्र मोरोक्को पनि रहेका छन् । यस्तोमा कतार विश्वकप खेल्ने समूह ‘एफ’ कस्तो छ त रु चर्चा गरौं ।

बेल्जियम
युरोपेली राष्ट्र बेल्जियम फिफा विश्वकपमा सन् १९३० यता १४ पटक सहभागी हुँदैछ । राम्रा खेलाडीहरुले भरिएको यो राष्टले सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो ।

रेड डेभिल्सका रुपमा समेत चिनिने यो राष्ट्रले पछिल्लो समयको युईएफए नेसन्स लिगको अन्तिम चारसम्मको यात्रा पनि तय गरेको थियो ।

हाल फिफा वरियतामा दोस्रो स्थानमा रहेको यो राष्ट्रमा रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डिब्रुइना, थिवाउट कर्टोसिसजस्ता चर्चित अनुहारहरु रहेका छन् । वर्तमान बेल्जियम टिमका कोच रोर्बटो मार्टिनेज रहेका छन् ।

क्रोएसिया
युरोपेली राष्ट्र क्रोएसिया गत संस्करणको फिफा विश्वकपको उपविजेता टोली हो । हालसम्म यो राष्ट्र ६ पटक विश्वकपमा छनोट भएको छ । सन् १९९६ मा युरोकप जितेको यो राष्ट्रको वर्तमान प्रशिक्षकमा ज्लाट्को डालिक रहेका छन् ।

रियल मड्रिडका स्टार लुका मोड्रिच यस टिमका कप्तान रहेका छन् । पछिल्लो फिफा वरियतामा यो राष्ट्र तेस्रो स्थानमा रहेको छ ।

मोरोक्को
सन् १९७० यता ६ पटक विश्वकपमा छनोट भएको अफ्रिकी राष्ट्र हो मोरोक्को । सन् १९७२ को अप्रिका कप अफ नेसन्सको विजेतासमेत रहेको यो राष्ट्रले पछिल्लोपटक रसिया विश्वकपमा पनि सहभागिता जनाएको थियो ।

वालिद रेगरागुईको मोरोक्कोका मूख्य प्रशिक्षक हुन् । चेल्सीका फरवार्ड हकिम जियाज, सभिल्लाका गोलकिपर बोनोजस्ता राम्रा खेलाडीहरु यो टोलीमा रहेका छन् ।

क्यानडा
पहिलोपल्ट सन् १९८६ मा फिफा विश्वकप खेलेको यो राष्ट्रले कतारमा जारी विश्वकपमा दोस्रोपटक सहभागिता जनाउँदैछ । उत्तर अमेरिकी यो टोली विश्वकपमा नौलो टोलीका रुपमा नै रहेको छ ।

पछिल्लो फिफा वरियतामा ४१ औं स्थानमा रहेको यो टोलीका कोच जोन हेर्डमान रहेका छन् । क्यानडा फुटबल टिमका कप्तान अतिबा हुटेचेन्सन रहेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.