
भक्तपुर । जारी विश्वकपमा आज अर्थात बुधवारदेखि समूह ‘इ’ र ‘एफ’ का खेलहरु सुरु हुँदैछन् ।
कतार विश्वकपको ग्रुप अफ डेडका रुपमा समेत रहेको यस समूहमा युरोपेली राष्ट्रहरु जर्मनी, स्पेन रहेका छन् भने एसियाली राष्ट्र जापान र उत्तरी अमेरिकी देश कोस्टारिका रहेका छन् ।
यस्तोमा कतार विश्वकप खेल्ने समूह ‘इ’ कस्तो छ त रु चर्चा गरौं ।
जर्मनी
जर्मनीले एसियाली राष्ट्र जापानसंग खेल्दै विश्व फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता फिफा विश्वकपको सुरुवात गर्दैछ ।
युरोपेली राष्ट्र जर्मनीले अहिलेसम्म चार पटक फिफा विश्वकपको उपाधि उचालिसकेको छ । सन् १९५४, १९७४, १९९० र पछिल्लोपटक २०१४ मा प्रतिष्ठित उपाधि उचालेको छ ।
त्यस्तै, जर्मनीले सन् १९६६, १९८२, १९८६ र २००२ मा फाइनल खेलेको थियो । जर्मनीले यरोपेली फुटबलको सर्वोच्च प्रतियोगिता युरोकप पनि तीन पटक जितेको छ ।
थोमस मुलर, आइके गुन्डुवान, काई हार्बाटेज, म्यानियल निउर, टेर स्टेगनजस्ता चर्चित अनुहार रहेको जर्मनीको अहिलेको टोली पनि बलियो रहेको छ । पछिल्लो फिफा वरियतामा जर्मनी ११ औं स्थानमा रहेको छ ।
जर्मनीका हालका मूख्य प्रशिक्षक हास्की फ्लीक रहेका छन् । त्यस्तै, जर्मनीले म्यानियल नियुरको कप्तानीमा विश्वकप खेल्दैछ । जर्मनीलाई कतार विश्वकप जित्न सक्ने बलियो टोली मान्न सकिन्छ ।
स्पेन
युरोपेली राष्ट्र स्पेनले सन् २०१० मा विश्वकप उपाधि जितेको थियो । त्यसयता ठूला प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्न नसकिरहेको स्पेनिस टोलीले कतारमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।
स्पेनले तीनपल्ट युरोकप पनि जितेको छ । स्पेनिस फुटबल टिमलाई हाल लुईस इन्रिक्युले प्रशिक्षण गराइरहेको छ । सर्जियो बस्क्वेटको कप्तानीमा कतार पुगेको टोलीमा सर्जियो रामो र डेभिड डिगाजस्त ठूला नाम भने समावेश छैन ।
गाभी, पेड्री, मोराटा, आसु फाटी, कार्भाजल लापार्टोजस्ता स्तरिय खेलाडीले भरिएको स्पेनिस टिमलाई बलियो रहेको छ । फिफा वरियतामा सातौं स्थानमा रहेको छ ।
जापान
एसियाली पावर हाउस मानिने जापनलाई समूराइ ब्लुका रुपमा पनि चिनिने गर्दछ । जापानलाई एसियाको सफल फुटबल राष्ट्रका रुपमा लिने गर्दछ ।
जापानले एसियन फुटबलको सर्वोच्च प्रतियोगिता एएफसी एसियन कप चारपल्ट जितेको छ । जापानले पछिल्लो ७ संस्करणको फिफा विश्वकपमा लगातार सहभागिता जनाइरहेको छ । जसमा सन् २००२, २०१० र पछिल्लो २०१८ को विश्वकपमा दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो ।
जापानले सन् २००२ को फिफा विश्वकप दक्षिण कोरियासंग संयुक्तरुपमा आयोजना गरेको थियो । जापानिज फुटबल टिमका मूख्य प्रशिक्षक हाजिमे मोरियासु रहेका छन् । त्यस्तै, कप्तानमा माया योसिदा रहेका छन् ।
जारी कतार विश्वकपको अन्डरदग टोलीका रुपमा जापानलाई लिइएको छ । पछिल्लो फिफा वरियतामा जापान २४ औं स्थानमा छ ।
कोस्टारिका
उत्तर अमेरिकी देश कोस्टारिका कन्काफमा आबद्व राष्ट्र हो । सन् १९९० यता ६ पटक यो राष्ट्र फिफा विश्वकपमा छनोट भएको छ ।
सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु यस राष्ट्रको अहिलेसम्मको ठूलो सफलता हो ।
कोस्टारिकाको मूख्य प्रशिक्षकमा लुईस फेर्नान्डो स्वारेज रहेका छन् । त्यस्तै, बर्यान रुइज टोलीको कप्तान रहेका छन् ।
पछिल्लो फिफा वरियतामा कोस्टारिका ३१ औं स्थानमा रहेको छ ।
सम्भावित दोस्रो चरण पुग्ने टिम
जर्मनी र जापान