
भक्तपुर । कतारमा जारी फिफा विश्वकपको समूह ‘एच’ को खेलमा खेल बराबरीमा सकिएको छ ।
विहिवारको दोस्रो खेलमा उरुग्वे र दक्षिण कोरिया गोलरहित वराबरीमा सकिएको हो । इड्युकेशन सिटी रंगशालामा भएको खेलमा दुबै टिमले पाएका केहि राम्रा अवसरहरु सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो । बराबरीसंगै दुबै टिमले १–१ अंक बाडेका छन् ।
त्यस्तै, आजै सम्पन्न पहिलो खेलमा स्विजरल्याण्ड विजयी भएको छ । अल जानोब रंगशालामा भएका समूह ‘जी’ को खेलमा स्विजरल्याण्डले क्यामरनमाथि १–० को जित हात पारेको हो ।
स्विजरल्याण्डले खेलको ४८ औं मिनेटमा ब्रिल इम्बोलोको एक मात्र निर्णायक गोलमार्फत जित हात पारेको हो ।
जितसंगै युरोपेली टोली स्विजरल्याण्डले महत्वपूर्ण ३ अंक जोडेको छ ।