भक्तपुर । कतारमा जारी विश्वकपअन्तर्गत सनिवार दुई समूहका दोस्रो चरणका लिग खेलहरु हुँदैछन् ।

अल जानोव रंगशालामा ट्युनिसिया र अस्ट्रेलिया भिड्दैछन् । यसअघि विश्वकपको पहिलो खेलमा ट्युनिसिया ले डेनमार्कसंग गोलरहित बराबरी खेलेको थियो भने अस्ट्रेलिया साविक विजेता फ्रान्ससंग ४–१ गालअन्तरले पराजित भएको थियो ।

विश्वकपको दोस्रो चरणको आशा जिवितै राख्न दुवै राष्ट्रलाई आजको खेल जित्नैपर्नेछ । यी दुई राष्ट्रको खेल आजको पहिलो खेल समेत हुनेछ । नेपाली समयअनुसार दिउँसोको पौने ४ बजे खेल सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेका पोल्याण्ड र साउदी अरबिया आज इड्युकेशन सिटी रंगशालामा आमनेसामने हुँदैछन् ।

वर्तमान फुटबलका स्टार खेलाडी रोबर्टो लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्याण्ड यसअघि पहिलो खेलमा मेक्सिकोसंग गोलरहित बराबरीमा रोकिएको थियो ।

त्यस्तै, एसियाली राष्ट्र साउदी अरबियाले भने उपाधि दाबेदार टोली अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको थियो । त्यसैले आजको खेलका लागि अरबी टोली उच्च आत्मविश्वासका साथ मैदान ओर्लिने निश्चित छ ।

यता, प्रतियोगितामा अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न युरोपेली राष्ट्रलाई आजको खेलमा स्पष्ट जितको आवश्यकता छ । यो खेल नेपाली समयअनुसार साझँको पौने ७ बजे सुरु हुनेछ ।

आजको तेस्रो खेलमा साविक विजेता फ्रान्स र डेनमार्क ९७४ रंगशालामा आमनेसामने हुने तरखरमा छ । यो खेल नेपाली समयअनुसार रातको पौने १० बजे हुनेछ ।

समूह ‘डी’ मा रहेका यी दुई युरोपेली राष्ट्र आज जितका लागि नै मैदान ओर्लिने लगभग निश्चित छ ।

उपाधि रक्षा अभियानमा रहेको फ्रान्स आज डेनमार्कमाथि जित हात पार्दै नकआउट चरण प्रवेशको ढोका खोल्न चाहन्छ भने डेनिस टोलीलाई अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न आज स्पष्ट जितको खाँचो छ ।

डेनमार्कले जारी विश्वकपको पहिलो खेलमा ट्युनिसियासंग बराबरी खेलेको थियो ।

आजको चौथौं तथा अन्तिम खेल उपाधि दाबेदार राष्ट्र अर्जेन्टिना र मेक्सिकोबीच लुसाइल आइकोनिक रंगशालामा हुनेछ ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा लियोनल मेसीको कप्तनीमा रहेको अर्जेन्टिना कमजोर मानिएको राष्ट्र साउदी अरेबियासंग २–१ ले पराजित भएको थियो ।

दुईपटकको विश्व विजेता टोलीलाई प्रतियोगितामा कायमै राख्न बाँकी दुईबटै समूह चरणका खेल जित्नै पर्ने दवाव छ ।

यता मेक्सिकोले पनि पहिलो खेल पोल्याण्डसंग बराबरी खेलेको हुँदा जितलाई नै प्राथमिकता दिने निश्चित छ ।

मेक्सिकन टोलीको ध्यान कम्तीमा पनि अर्जेन्टिनासंग अंक खोस्ने प्रयास हुनेछ । यो खेल मध्यरातको पौने १ बजे सुरु हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.