
भक्तपुर । २२ औं संस्करणको फिफा विश्वकप अन्तर्गत आज अर्थात् सोमवार तीन खेल हुन्दैछन् ।
पहिलो खेल साँझ पौने ७ बजे उपाधि दावेदारका रुपमा समेत लिईएको इंग्ल्याण्ड र एसियाली राष्ट्र इरानविच हुँदैछ । समूह ‘बी’ मा रहेको यी दुई टोलीबीच पहिलोपल्ट खालिफ रंगशालामा आमनेसामने हुन लागेको हो ।
त्यस्तै, दोस्रो खेलमा समूह ‘ए’ को सेनेगल र नेडरल्याण्ड भिड्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ । अल थुमामा रंगशालामा हुने उक्त खेलमा माने अफ्रिकी च्याम्पियन सेनेगलले बलियो युरोपेली डच टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
आजै हुने तेस्रो तथा अन्तिम खेलमा संयुक्त राज्य अमेरिका र बेल्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल मध्यराति पौने १ बजे अल रायान रंगशालामा हुनेछ ।