
भक्तपुर । फिफा विश्वकप २०२२ को आज तेस्रो दिन मंगलवार । आज विश्वकपअन्तर्गत समूह ‘सी’ र ‘डी’ का खेलहरु हुँदैछन् ।
आजको पहिलो खेलमा समूह ‘सी’ को अर्जेन्टिना र साउदी अरबिया दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, समूह ‘डी’ को डेनमार्क र ट्युनिसिया साझ पौने ७ बजे खेल्दैछन् भने आजको तेस्रो खेलमा समूह ‘ए’ को मेक्सिको र पोल्याण्ड आमनेसामने हुँदैछन् ।
यता, साविक विजेता फ्रान्स र एसियाली राष्ट्र अस्ट्रेलिया भने मध्यरातको पौने १ बजे प्रतिस्पर्धामा उत्रिनेछन् ।