भक्तपुर । फुटबल महाकुम्भ फिफा विश्वकपको २२ औं संस्करण आजबाट एसियाली राष्ट्र कतारमा सुरु हुँदैछ ।
करिब करिब एक महिनासम्म चल्ने प्रतियोगितामा विश्वभरीबाट छनोट भइआएका ३२ राष्ट्रले सहभागिता जनाउँदैछ । हरेक समूहमा ४ टोलीलाई समेट्दै ८ समूह विभाजन गरिएको छ ।
जसमा पहिलो चरणमा प्रत्येक समूहभित्रका राष्ट्रहरुले एकले अर्कोसंग लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा आउने राष्ट्र अघिल्लो चरण प्रवेश गर्नेछ चने बाँकी दुई राष्ट्र प्रतियोगिताबाट बाहिरिनेछ ।
दोस्रो चरणमा १६ राष्ट्र पुग्नेछ । दोस्रो चरणबाट नकआउटका आधारमा प्रतिस्पर्धा हुनेछ ।
एसिया महादेशमा दोस्रोपटक हुन गइरहेको फुटबलको सर्वोच्च प्रतियोगितामा आज अर्थात आइतवार एउटामात्र खेल हुनेछ ।
उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इम्वेडरविच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहृेका यी दुई टोलीबीचको भिडन्त नेपाली समय अनुसार रातको पौने १० बजे सुरु हुनेछ ।
अरेबी राष्ट्र कतार फिफा विश्वकपमा आयोजक राष्ट्रका रुपमा डेब्यु गर्दैछ । कतार राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक फेलेक्स सान्चेजले प्रि–म्याच कनफरेन्समा टोली विश्वकपको डेब्युका लागि मानसिक रुपमा तयार रहेको जनाइसकेका छा् ।
‘हामी प्रतिस्पर्धामा उत्रन निकै उत्साहित छौं । यस क्षणका लागि हामीले निकै समयबाट प्रतिक्षा गरिरहेका थियौं ।’ स्पेनिस प्रशिक्षक सान्चेजले भने, ‘हामी को हौं भन्ने बारे हामी सचेत छौं । हामी कहाँबाट आयौं र को विरुद्ध उत्रदैछौं भन्ने बारे सजक छौं । हामीलाई थाहा छ, यो ठुला चुनौती हो । यसरी खेल्न हामी निकै उत्सुक र खुसी छौं ।’
उनले कतारमा लामो समयदेखि काम गरिरहेका थिए । पहिला कतारको युवा टोली हेरेका उनले सन् २०१७ बाट कतारको राष्ट्रिय टोली सम्हालेका थिए । उनको नेतृत्वमा कतारले सन् २०१९ को एएफसी एसियन कप जित्दा सन् २०२१ मा भएको कोन्काफ गोल्डकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
विश्वकपमा डेब्युको पर्खाइमा रहेको यो अरेबेली राष्ट्रका प्रभाव पार्न सक्ने खेलाडीका रुपमा हसन अल हेडोस रहेका छन् । कतारको लक्ष्य घरेलु टोलीमा राम्रो खेल प्रदर्शन गर्दै विश्वको ध्यान खिच्न केन्द्रित हुनेछ ।
दक्षिण अमेरिकी राष्ट्र इक्वेडर चौथौं पटक विश्वकपमा सहभागी हुदैछ । इक्वेडरलाई अन्डरडगका रुपमा लिइन्छ । यो टिमले कुनैपनि समय ठूला टिमहरुलाई समस्यामा पार्न सक्छ ।
इक्वेडरका लोकप्रिय मूख्य प्रशिक्षक गुस्ताभो अल्फारोले पनि आयोजक कतारलाई उसकै भुमीमा पराजित गर्दै प्रतियोगिताको राम्रो सुरुवात गर्न चाहन्छ ।
घरेलु सर्मथकको दवाव हुन सक्ने भएता पनि आफ्नो टिममा उसलाई पूरा विश्वास छ । सन् २००६ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको यो राष्ट्र यो पल्ट पनि कम्तीमा दोस्राृे चरण पुग्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा छ ।
इक्वेडरका लागि प्रभाव पार्न सक्ने प्रमूख खेलाडी इनर भ्यालेन्सिया रहेका छन् ।