भक्तपुर । कतारमा जारी फिफा विश्वकपको समूहका दोस्रो चरणका खेलहरु आज (शुक्रवार) बाट सुरु हुदैछ ।

पहिलो खेलमा वेल्स र इरान खेल्दैछ । नेपाली समयअनुसार पौने ४ बजे अहम्मद विन अली रंगशालामा हुने खेलमा दुबै टोलीको नजर जिततर्फ हुनेछ ।

यसअघि पहिलो खेलमा एसियाली राष्ट्र इरान इंग्ल्याण्गसंग ६–२ ले पराजित भएको थियो भने वेल्सले अमेरिकासंग १–१ को बराबरी खेलेको थियो । अघिल्लो चरण प्रवेशका लागि यी दुबै टोलीलाई आज निश्चित जितको खाँचो रहेको छ ।

दोस्रो खेलमा आयोजक कतार र सेनेगल अल थुमामा रंगशालामा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझको पौने ७ बजे सुरु हुनेछ ।

यसअघिका खेलमा यी दुबै टोली पराजित भएका थिए । एसियाली राष्ट्र कतार उद्घाटन खेलमै इक्वेडरसंग २–० ले पराजित हुँदा अफ्रिकी देश सेनेगल पनि नेडरल्याण्डसंग २–० ले नै स्तब्ध भएको थियो ।

जारी विश्वकपको नकआउट चरण सम्भावना कायम राख्न पनि यी दुई टोलीलाई आज जित चाहिएको छ ।

आजको तेस्रो खेलमा डच टोली नेडरल्याण्ड र इक्वेडर आमनेसामने हदैछन् । यी दुबै टोलीले आ–आफ्ना पहिलो खेल जितेकाले आज दवाव भने रहने छैन ।

तर, निश्चित जितले दोस्रो चरण लगभग पक्का गर्ने भएकोले सकभर दुबै टोली जितका लागि नै मैदान ओर्लिने छ । यी दुई टोलीको खेल खालिफा रंगशालामा रातको पौने १० बजे सुरु हुनेछ ।

आजको चौथौं तथा अन्तिम खेलमा इंग्ल्याण्ड र अमेरिका अल ब्याट रंगशालामा प्रतिस्पर्धाका लागि उत्रिदैछ ।

थ्री लायन्सका रुपमा परिचित इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा इरानमाथि ६–२ को फराकिलो जित हात पारेको थियो भने अमेरिका वेल्ससंग बराबरीमा रोकिएको थियो ।

अमेरिका आजको खेलमा जित हात पार्दै विश्वकपको दोस्रो चरण पुग्ने सम्भावना कायमै राख्न चाहन्छ भने इंग्ल्याण्ड जितलाई निरन्तरता दिदै अन्तिम १६ को स्थान एक खेल सुरक्ष्ति गर्ने अभियानमा हुनेछ ।

समूह ‘बी’ मा रहेको यी टोलीको खेल नेपाली समय अनुसार रातको पौने १ बजे सुरु हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.