एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष ग्यानाइ इन्फान्टिनोले नयाँ स्वरुपको ३२ टोलीको सहभागिता रहने पुरुष क्लब विश्वकप आयोजना गर्ने घोषणा गरेका छन् ।

प्रत्येक तीन-तीन वर्षको अवधिमा आयोजना गरिने प्रतियोगिताको पहिलो संस्करण सन् २०२५ मा गर्ने फिफाको तयारी छ ।

क्लब विश्वकपमा ३२ टोली कसरी छनोट हुनेछ भने स्पष्ट कुरा बाहिरिएको छैन । तर, युरोपेली सञ्चारमाध्यमहरुका अनुसार क्लब विश्वकपलाई युरोपेली च्याम्पियन्स लिग खेल्ने क्लबहरुले बहिस्कार गर्ने तयारी गरेको खबर पनि प्रकाशित भएको छ ।

यसअघि सन् २०१९ मा २४ टोली सहभागी हुने क्लब विश्वकप फिफाले घोषणा गरेको थियो । उक्त प्रतियोगिता सन् २०२१ मा गर्ने लक्ष्य थियो । तर, कोरोना महामारीले रद्द भएको थियो ।

सन् २००० मा ब्राजिलबाट फिफा क्लब विश्व च्याम्पियनसिपको नामबाट प्रतियोगिता सुरु भएको थियो ।

तर, सन् २००१ देखि २००४ सम्म प्रतियोगिता हुन सकेन । त्यसपछि सन् २००६ बाट ७ टोलीको सहभागिता हुने गरि फिफा क्लब विश्वकपको नाममा आयोजना सुरु गरियो । यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने गर्दथ्यो ।

युरोपबाट यूईएफए च्याम्पियन्स लिगको विजेता, ओसियानाबाट ओएफसी च्याम्पियन्स लिग विजेता, एसियाबाट एएफसी च्याम्पियन्स लिग विजेता, अफ्रिकाबाट काफ च्याम्पियन्स लिगको विजेता, उत्तर÷मध्य अमेरिका÷क्यारावियनबाट कोनकाफ च्याम्पियन्स लिग विजेता र दक्षिण अमेरिकाबाट कोनोबल लिभेरतादोरेसको विजेता र आयोजक राष्ट्रको एक क्लबले विश्वकपमा सहभागिता जनाउने गथ्र्यो ।

पछिल्लो क्लब विश्वकप सन् २०२१ मा भएको थियो जसमा तत्कालिन युरोपेली च्याम्पियन चेल्सीले पाल्मेरियासमाथि २–१ को जित हात पार्दै प्रतियोगिता जितेको थियो ।

यता, यस्तै खालको महिला फुटबलको प्रतियोगिता पनि छिट्टै घोषणा गर्ने फिफाले जनाएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.