भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० किकेट लिगको ३० औं खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्समाथि ४१ रनको जित हात पारेको छ ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा सनिवार भएकोे दोस्रो खेलमा १८८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १४६ रनमात्र जोड्न सक्यो ।
पोखराका लागि कप्तान तथा विकेट किपर उपुल थराङ्गाले २३ बलमा ३६ रन जोडे । त्यस्तै, प्रतिश जिसीले ११ बलमा ३४ रनको योगदान दिँदा सिद्वान्त लोहनीले २८, सुमित महर्जनले १४ रन बनाए ।
यता, विशाल विक्रम केसीले १३ रन जोड्दै आउट हुँदा असिथा फर्नान्डीनोले ८ रन, विपिन खत्रीले ६ रन जोडे । कुशल मल्लले ४ रनमा पेविलियन फर्कदा अभिमन्यु मिथुन र कृष्ण कार्कीले रनको खाता नै खोल्न सकेन ।
फार वेस्टका लागि दुर्गेश गुप्ताले ३ विकेट लिँदा कप्तान हस्मूतुल्लाह शाहिदीले २ विकेट लिए । त्यस्तै, करन केसीले पनि १ विकेट हात पारे । फार वेस्टले ३ रन अतिरिक्त रुपमा पाएको थियो ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।
फार वेस्टका लागि कप्तान हस्मुतुल्लाह शाहिदीले ५१ बलमा सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै, विनोद भण्डारीले ४७ बल खेल्दै ५९ रनको अर्धशतकिय पारी खेले ।
यता, रासिद खानले १४, मिलिन्दा सिरिर्वदना १२ तथा उमेर अली खानले २ रन जोड्दै आउट भए । करन केसी ११ रनमा अविजित रहँदा भिम सार्की पनि ५ रनमा अविजित रहे । फार वेस्टले अतिरिक्त रुपमा १७ रन पायो ।
पोखराका लागि अभिमन्यु मिथुनले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच फार वेस्टका कप्तान शाहिदी चुनिए ।