भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको १२ औं खेलमा फार वेस्ट युनाइटेडविरुद्व जनकपुर रोयल्सले ८ विकेटको जित हात पारेको छ ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा फार बेस्टले दिएको १७० रनको विजयी लक्ष्य जनकपुरले १८.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा पुरा गर्यो ।

जितसंगै जनकपुर ६ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

जनकपुरका लागि सन्दीप जोराले ५४ बल खेल्दै ३ चौका र ५ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको मद्दतमा अविजित ६९ रनको योगदान गरे । पवन सराफ १२ रनमा आउट भए ।

फार वेस्टका लागि करण केसीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ पहिला ब्याटिङमा उत्रिएको फार वेस्टले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

फार वेस्टका लागि करण केसी १७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रन जोड्दै अविजित रहे ।

त्यस्तै, भीम सार्कीले ३० बल खेल्दै १ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै अविजित रहे ।

देव खनाल २२ रनमा आउट हुँदा कप्तान हस्मातुल्लाह शाहिदी १९ रनमा रन आउट भए । विनोद भण्डारीले १२ रन बनाउँदा हासिम अन्सारीले ११ रन बनाए ।

जनकपुरका ललित नारायण राजवंशीले २ विकेट लिए । त्यस्तै, सोमपाल कामी र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

यसअघि आजको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि विराटनगर सुपरकिग्संले पनि ८ विकेटको जित निकालेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.