
भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत २६ औं खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्समाथि ८३ रनको फराकिलो जित हात पारेको छ ।
जितका लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले पूरा २० ओभर खेल्दा ९ विकेटको क्षतिमा मात्र ११४ रनमा समेटियो ।
काठमाडौंका लागि कमलसिंह ऐरीले २० रन बनाए । कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले १७ रन बनाउँदा ,सन्दीप रजालीले पनि समान १७ रन जोडे ।
त्यस्तै, सुनम गौतमले १६, विरनदीप सिंह १४, सन्तोष कार्की १२, लोकेश बम ४, एलेक्स ब्लेक १ रन बनाउँदै आउट भए ।
फार वेस्टका लागि करण केसी, दुर्गेश गुप्ता र हस्मूतुल्लाह शाहिदीले २–२ विकेट लिए । त्यस्तै, शेर मल्ल, प्रकाश जैशी र मिलिन्दा सिरिवारदनाले १–१ विकेट लिए ।
त्यसअघि टस जित्दै ब्याटिङमा उत्रिएको फार वेस्टले निर्धारित २० ओभरको खेल खेल्दै १९७ रन बनाएको छ ।
फार वेस्टका लागि हस्मूतुल्लाह शाहिदीले सर्वाधिक ७६ रनको योगदान गरे । त्यस्तै, विनोद भण्डारीले ७३ रनको अर्धशतकिय पारी खेले ।
करन केसी २२ र उमेर अली खान ७ रनमा अविजित रहे । नुर अहम्मद ३ रनमा र मिलिन्दा सिरिवारदाना १ रनमा आउट भए ।
काठमाडौंका लागि बसिर अहम्मदले सर्वाधिक ३ विकेट लिए । अर्को १ विकेट अभिनास बोहराको नाममा रह्यो ।
खेलको प्लेयर अफ द म्याच हस्मूतुल्लाह शाहिदी घोषित भए ।