
भक्तपुर । नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई १५३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको लम्बिनीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १५२ रन बनायो ।
काठमाडौंस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा लुम्बिनीका लाहिरु मिलाल्थाले ५० बलमा सर्वाधिक ६० रनको अर्धशतिकिय इंनिङ्स खेले ।
त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ३५ रनको योगदान गरे । गुल्शन झा २५ रनमा अविजित रहे ।
यता, विपुल शर्माले ७ बल खेल्दै १२ रन बनाए । कुशल भुर्तेलले ६ बलमा ७ रनको योगदान दिँदा उन्मक्त चन्दले ७ बल खेल्दै २ रन बनाए ।
अनिल साह शुन्य रनमा पेविलियन फर्कदा योगेन्द्र सिह कार्की १ रन बनाउँदै अविजित रहे ।
फार वेस्टर्नका लागि उमर अलि र करन केसीले ३–३ विकेट लिए ।