भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको २४ औं खेलमा फार वेस्ट युनाइटेडले विराटनगर सुपर किंग्सलाई १५७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
बुधवारको दोस्रो खेलमा टस जित्दै ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १५६ रन बनायो ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा फार वेस्टका लागि विकेटकिपर समेत रहेका विनोद भण्डारीले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै, हस्मुतुल्लाह शाहिदिले २७ रन बनाए ।
मिलिन्दा सिरिवार्दनाले १४ रन जोड्दा उमेर अलि खानले १६ रन जोडे । त्यस्तै, नुर अहम्मद ६ रनमा आउट हुँदा भिम शार्की मात्र २ रन बनाउँदै आउट भए ।
यता, रासिद खान ९ रन बनाउँदै पेविलियन फर्किदा प्रकाश जैशीले रनको खाता नै खोल्न सकेन । करन केसी २१ रनमा अविजित रहे । फार वेस्टले अतिरिक्त १४ रन पाएको थियो ।
विराटनगरका लागि शाहिव आलमले ३ विकेट लिँदा कइअन जोसेव र रक्कीले २–२ विकेट लिए । त्यस्तै, रोहित पौडेल र विवेक यादवले १–१ विकेट लिए ।