भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० को ३० औं खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्समाथि १८८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा अहिले जारी आज (सनिवार) को दोस्रो खेलमा निर्धारित २० ओभर खेल्दै फार वेस्टले ५ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।
फार वेस्टका लागि कप्तान हस्मुतुल्लाह शाहिदीले ५१ बलमा सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै, विनोद भण्डारीले ४७ बल खेल्दै ५९ रनको अर्धशतकिय पारी खेले ।
यता, रासिद खानले १४, मिलिन्दा सिरिर्वदना १२ तथा उमेर अली खानले २ रन जोड्दै आउट भए । करन केसी ११ रनमा अविजित रहँदा भिम सार्की पनि ५ रनमा अविजित रहे ।
फार वेस्टले अतिरिक्त रुपमा १७ रन पायो । पोखराका लागि अभिमन्यु मिथुनले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए ।