भक्तपुर । लेबनानमा हुने सिदार्स महिला फुटबल प्रतियोगिता (फर नेसन्स कप) का लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।
बुधवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २२ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको जनाएको छ ।
घोषित नेपाली टोलीमा गोलकिपरतर्फ अन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राणामगर र उषा नाथ रहँदा डिफेन्डरतर्फ अमृता जैशी, गिता राणा, हिराकुमारी भुजेल, बिमला बिक, निशा थोकर, पुजा राणा र समिक्षा घिमिरे परेका छन् ।
त्यस्तै, मिडफिल्डरतर्फ रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सबिता राणामगर, दिपा साही, अनिता केसी, प्रिति राई, अमिषा कार्की र बिमला चौधरी समेतिदा फरवार्डतर्फ साबित्रा भण्डारी (साम्बा), रेखा पौडेल र रश्मीकुमारी घिसिङ समेतिएका छन् ।
नेपालसहित चार राष्ट्रको सहभागिता रहने प्रतियोगिता आगामी जुलाई ८ देखि १८ तारिखसम्म हुने जनाइएको छ ।