एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटी र स्पेनिस महारथी बार्सिलोनाबीचको प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
बुधवार विहान भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र ला लिगा क्लब बार्सिलोनाले २–२ को बराबरी खेलेका हुन् ।
संयुक्त राज्य अमेरिकाको ओर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा बार्सिलोनाका लागि पाउ भिक्टर र पाब्लो टोरेले गोल गर्दा सिटीका लागि निको ओरिले र ज्याक गिर्लिसले गोल फर्काए ।
खेल सुरु भएको २४ औं मिनेटमा मार्क कासाडोको पासमा भिक्टरले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३९ औं मिनेटमा सिटीका लागि जस्को गाभार्डिओलको पासमा ओरिलेले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गेरार्ड मार्टिनको पासमा टोलीले गोल गर्दा क्याटलान क्लब २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ६० औं मिनेटमा माटेओ कोभाकिकको पासमा गिर्लिसले सिटीका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल २–२ को बराबरीमा सकियो ।