
एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले प्रि–सिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा चेल्सीलाई पराजित गरेको छ ।
बुधवार विहान भएको खेलमा युरोपेल च्याम्पियन रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–१ ले पराजित गरेको हो ।
संयुक्त राज्य अमेरिकाको नर्थ कारोलिनास्थित ब्यांक अफ अमेरिका स्टेडियममा भएको खेलमा ला लिगा क्लबलाई जिताउन लुकास भाजक्वेज र ब्राहिम डाइजले गोल गरे ।
लण्डन क्लबका लागि भने नोनी माडुएकेले एक गोल फर्काए ।
खेल सुरु भएको १९ औं मिनेटमा डाइजको पासमा भाजक्वेजले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २७ औं मिनेटमा भिनिसियस जुनियरको पासमा डाइजले गोल थप्दा स्पेनिस क्लब २–० ले अघि बढ्यो ।
तर, ३९ औं मिनेटमा प्रिमियर लिग क्लबका लागि इन्जो फर्नान्डेजको पासमा माडुएकेले गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल मड्रिडले २–१ ले जित्यो ।