एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजन खेलमा जित निकालेको छ ।
सनिवार राति भएको प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्कटिस क्लब रेन्जर्समाथि म्यानचेस्टर युनाइटेडले २–० को जित निकालेको हो ।
स्कटिस क्लबको घरेलु मैदान मुराएफिल्ड स्टेडियममा भएको खेलमा युनाइटेडलाई जिताउन एमद डियालो र जोए गुगिलले गोल गरे ।
पहिलो हाफको ३९ औं मिनेटमा म्यान्सन माउन्टको पासमा डियालोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि दोस्रो हाफको ७० औं मिनेटमा म्याक्सी ओएडेलेको असिस्टमा हुगिलले गोल थप्दा युनाइटेड २–० ले विजयी भयो ।
गएको २०२३–२४ को सिजन खराब प्रदर्शन गरेको युनाइटेड नयाँ सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।