भक्तपुर । फिफा विश्वकपअन्तर्गत सनिवारबाट दोस्रो चरणका खेलहरु सुरु भएका छन् ।

उपाधि दाबेदार राष्ट्र अर्जेन्टिना र बलियो युरोपेली राष्ट्र नेडरल्याण्डले आ–आफ्ना खेलहरुमा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

लियोनल मेसीको कप्तानीमा रहेको राष्ट्रले एसियाली राष्ट्र अस्ट्रेलियालाई र भिर्जिल भान डाइकको कप्तानाीमा रहेको राष्ट्रले अमेरिकालाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

दोस्रो चरणअन्तर्गत आइतवार पनि दुई खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा साविक विजेता फ्रान्स र पोल्याण्ड भिड्दैछ भने दोस्रो खेलमा उपाधि दाबेदार मानिएको राष्ट्र इंग्ल्याण्ड र सेनेगलवीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेल राति पौने ९ बजे सुरु हुनेछ । भने दोस्रो खेल राति पौने १ बजे हुँदैछ ।

फ्रान्सविरुद्व पोल्याण्ड
साविक विजेतासमेत रहेको फ्रान्सले अर्को युरोपेली राष्ट्र पोल्याण्डसंग आज अल थुमामा रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।

यसअघि यी दुई राष्ट्रबीच सन् १९८२ को विश्वकपमा आमनेसामने भएको थियो । तेस्रो स्थानको प्ले अफमा प्रतिस्पर्धा हुँदा पोल्याण्डले खेल ३–२ ले जितेको थियो ।

त्यसयता बलियो फ्रान्स पछिल्लो सात भेटमा पोल्याण्डसंग अपराजित रहेको छ । जसमा फ्रान्सले तीन खेल जितेको छ भने ४ खेल बराबरी खेलेको छ ।

फ्रान्सले सन् २००६ को विश्वकपमा इटालीसंग उपाधि भिडन्तमा पराजित भएपछि पछिल्लो सन् २०१८ को रसिया विश्वकप जितेको थियो ।

उपाधि रक्षा अभियानमा रहेको फ्रान्स यस पल्टको विश्वकपमा पनि बलियो रहेको छ । केलियन एम्बाप्पे, ओलिभर जिरुड, एन्टोनी ग्रिजमन, ओसमाने डेम्बेले जस्ता एक सेएक धारिलो अग्रपंक्ति फ्रान्सेली टिममा रहेका छन् ।

उसो त फ्रान्सको मिडफिल्ड र रक्षापंक्ति पनि उत्तिकै सशक्त रहेको छ । डिडियर डेसच्याम्पको नेतृत्वमा रहेको फ्रान्स पोल्याण्डविरुद्व सहज जित हात पार्दै अन्तिम आठमा स्थान बनाउने अभियानमा रहनेछ ।

यता पोल्याण्ड सनु १९८६ पछि पहिलो पटक कतार विश्वकपको नकआउट चरणमा पुगको हो । त्यसबेला अन्तिम १६ मा पोल्याण्ड ब्राजिलसंग ४–० ले पराजित भएको थियो ।

वर्तमान फुटबलका स्टार खेलाडी रोर्बटो लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्याण्ड बलिया फ्रान्सविरुद्व सचेत रहेर खेल्नेछ । सकभर साविक विजेताविरुद्व अप्रत्यासित नतिजा लिकाल्ने उसको दाउ हुनेछ ।

इंग्ल्याण्डविरुद्व सेनेगल
सदाझै यो पल्ट पनि उपाधि दाबेदार राष्ट्रका रुपमा मानिएको इंग्ल्याण्ड र अफ्रिकी राष्ट्र सनेगलबीच आजको दोस्रो खेलमा प्रतिस्पर्धा हुनेछ । यो खेल अल ब्याट रंगशालामा हुँदैछ ।

यी दुई राष्ट्रहरु पहिलोपल्ट विश्वकपमा आमनेसामने हुन लागेका हुन् । इंग्ल्याण्ड अहिलेसम्म कहिल्यै पनि अफ्रिकी देशसंग पराजित भएको छैन ।

थ्री लायन्सका रुपमा चिनिने इंग्ल्याण्डले यसअघि अफ्रिकी राष्ट्रहरुसंग २० पल्ट खेलेको छ । जसमा इंग्ल्याण्डले १४ खेलमा जित हात पार्दा ६ खेल बराबरी खेलेको छ ।

उता सेनेगल भने युरोपेली राष्ट्रविरुद्व विश्वकपको अन्तिम चरणको ९ खेल खेल्दा ८ मा पराजित रहेको छ ।

समूह चरणमा अपराजित रहँदै दोस्रो चरण प्रवेश गरेको पूर्व विश्व विजेता इंग्ल्याण्ड आज सनेगलविरुद्व जित हात पार्दै क्वाटरफाइनल प्रवेश गर्ने ध्यानमा हुनेछ ।

उता अफ्रिकी महादेशको च्याम्पियन राष्ट्र बलियो इंग्ल्याण्डमाथि अप्रत्यासित जित निकाल्ने ध्यानमा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.