एजेन्सी । इंग्लिस फुटबलको लोकप्रिय प्रतियोगिता एफए कपअन्तर्गत तेस्रो चरणको खेलमा चेल्सीले प्रिस्टन नर्थ इन्डमाथि फराकिलो जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डमाथि ४–० को फराकिलो जित हासिल गरेको हो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा अरमान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र इन्जो फर्नान्डेजले गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भब भयो ।

दोस्रो हाफको ५८ औं मिनेटमा मालो गुस्टोको पासमा ब्रोजाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलायो ।

त्यसपछि ६६ औं मिनेटमा कोल पाल्मरको पासमा सिल्भाले गोल थप्दा चेल्सी २–० ले अघि बढ्यो ।

त्यसको ३ मिनेटपछि नै स्टर्लिङले गोल थप्दा घरेलु टोली ३–० को आरामदायी अग्रतातर्फ लम्कियो ।

यता, ८५ औं मिनेटमा फर्नान्डेजले गोल गर्दा चेल्सी ४–० को फराकिलो अन्तरले विजयी भयो ।

जितसंगै चेल्सी एफए कपको चौथौं चरणमा प्रवेश गर्दा पराजित प्रिस्टन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एफए कपअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा ब्राइटनले स्टोक सिटीमाथि ४–२ को जित निकाल्दा एस्टन भिल्लाले मिडल्सबर्गमाथि १–० को जित रच्यो ।

त्यस्तै, एएफसी बर्नमाउथले क्विन्स पार्क रेन्जर्समाथि ३–२ को प्रतिस्पर्धात्मक जित हासिल गर्दा सेफिल्ड युनाइटेडले गिलिङघममाथि ४–० को फराकिलो जित निकाल्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.