एजेन्सी । फिफा विश्वकपका लागि स्थगित गरिएको इंग्लिस प्रिमियर लिगका खेल पुनः सुरु भएको छ ।

१७ औं चरणका खेलअन्तर्गत सोमवार ब्रेनफोर्ड र टोटनहम हटस्पर आमनेसामने भएका थिए । जीटेक कम्युनिटी रंगशालामा भएको रोमाञ्चक खेल २–२ को बराबरीमा सकिएको छ ।

घरेलु टोली ब्रेनफोर्डले खेलको १५ औं मिनेटमा भिटाली जर्नेल्टको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

पहिलो हाफ १–० ले अघि रहेको घरेलु टोलीले दोस्रो हाफको ५४ औं मिनेटमा इभान टोनीको गोलमार्फत २–० को अग्रता बनायो ।

त्यसपछि आक्रमक बनेको टोटनहमले ६५ औं मिनेटमा ह्यारी केनको गोलमार्फत खेलमा फर्कने संकेत गर्यो ।

त्यसपछि ७१ औं मिनेटमा पिइरे इमिल होज्ब्जर्गले गोल गर्दा खेल २–२ को रोमाञ्चक बराबरीमा आयो । त्यसपछि पनि लगातार खेलमा दबाब सिर्जना गरेको स्पर्सले गोल भने थप्न सकेन र खेल बराबरमा टुंगियो ।

बराबरीसंगै टोटनहमको १६ खेलमा ३० अंक भएको छ । टोटनहम लिग तालिकाको पाँचौं स्थानमा रहेको छ ।

यता ब्रेनफोर्ड समान खेलमा २० अंक जोड्दै लिग तालिकाको ९ औं स्थानमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.