MANCHESTER, ENGLAND - APRIL 24: Rasmus Hojlund of Manchester United celebrates scoring his team's fourth goal with Bruno Fernandes during the Premier League match between Manchester United and Sheffield United at Old Trafford on April 24, 2024 in Manchester, England. (Photo by Alex Livesey/Getty Images)

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा सेफिल्ड युनाइटेडमाथि जित निकालेको छ ।

बुधवार राति भएको खेलमा जारी सिजन उतारचढावपूर्ण लयबाट गुर्जिरहेको म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ४–२ को जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्डट्राफेड रंगशालामा भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा ह्यारी मग्वायर र रासमुस होइलुन्डले एक–एक गोल गरे ।

भ्रमणकारी टोलीका लागि जेदिज बोग्ले र बिन ब्रेरेटन डाइजले एक–एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने भ्रमणकारी टोलीले ३५ औं मिनेटमा बाग्लेको गोलमार्फत् लियो ।

तर, ४२ औं मिनेटमा आलेहान्ड्रो ग्रानाचोको पासमा मग्वायरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि फेरी दोस्रो हाफको ५० औं मिनेटमा बिन ओसबर्नको पासमा डाइजले गोल गर्दै सेफिल्डलाई २–१ ले अघि बढाए ।

तर, ६१ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै खेलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि ८१ औं मिनेटमा कोबी माइनोको पासमा फर्नान्डेजले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा युनाइटेड ३–२ ले अघि बढ्यो ।

त्यसको चार मिनेटपछि नै फर्नान्डेजको पासमा होइलुन्डले गोल गर्दा युनाइटेड ४–२ ले विजयी भयो ।

महत्वपूर्ण जितसंगै युनाइटेडले ३३ खेलमा ५३ अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा उक्लेको छ ।

पराजित सेफिल्डको भने समान ३४ खेलबाट १६ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.